इस्लाम धर्मावलम्बीहरुको ठूलो पर्व बकरिद

Lok Bhatta २ वर्ष अघि
  • आज इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद उल अजहा अर्थात बकरिद पर्व हो । ईद–उल–अधा भनेको बलिदानको ईद हो। इस्लामिक क्यालेन्डर अनुसार इल–उल–अजहा पर्व १२ औं महिनाको १० तारिखमा मनाइन्छ । यो इद उल फित्र पछि इस्लाम को दोस्रो प्रमुख चाड हो। यो पर्व रमजान महिना सकिएको ७० दिनपछि मनाइन्छ।

    चन्द्रमा देखिएपछि बकरिदको मिति तय हुन्छ । यो पर्व बलिदानको रुपमा मनाइन्छ । यस दिन बोकाको बलि दिइन्छ । मुस्लिम समुदायका लागि इदको पर्व निकै महत्वपूर्ण छ ।