विश्वको जनसंख्या आठ अर्ब, अब चिन्ता के छ ?

Lok Bhatta ३ वर्ष अघि
  • आज विश्व जनसंख्या दिवस–२०२२ मनाइँदैछ । वल्र्डोमिटरका अनुसार यस वर्ष विश्वको जनसंख्या करिब ८ अर्ब पुगेको छ । अघिल्लो वर्ष यो साढे सात अर्बभन्दा बढी थियो ।
    यसअघि यो दिनलाई चाडपर्वका रुपमा मनाउने गरी निरन्तर विकासका लागि आह्वान गरिएको थियो । तर, बढ्दो जनसङ्ख्याका कारण यो दिन चिन्ता व्यक्त गर्ने र चेतना फैलाउने अवसर बनेको छ । यस वर्षको विश्व जनसंख्या दिवसको नारा पनि यसैमा आधारित छ । यस दिन संसारभरि जनसंख्या नियन्त्रण गर्न मानिसहरूलाई विभिन्न उपायहरूको परिचय गराइन्छ।
    यस दिन संसारभरि जनसंख्या नियन्त्रण गर्न मानिसहरूलाई विभिन्न उपायहरूको परिचय गराइन्छ। यसका साथै परिवार नियोजनको विषयमा पनि चर्चा हुन्छ ।
    यस वर्षको विश्व जनसङ्ख्या दिवसको नारा ‘८ अर्ब मानिसको संसारः सबैका लागि लचिलो भविष्य, अवसर, अधिकार र विकल्प सुनिश्चित गर्ने’ रहेको छ । यो विषयवस्तुबाट विश्वको जनसंख्या आठ अर्बको चिन्ताजनक स्तरमा पुगेको तर अधिकार र अवसरको समानताबाट धेरै टाढा रहेको स्पष्ट हुन्छ ।
    संयुक्त राष्ट्र संघको पछिल्लो अनुमान अनुसार सन् २०२२ को जुलाई सम्ममा विश्वको जनसंख्या ७ अर्ब ९६ करोड नाघेको छ । सन् २०३७ मा ९ अर्ब र २०५७ मा १० अर्ब नाघिसक्ने अनुमान छ ।