गुरु पूर्णिमामा बनिरहेको छ शुभ योग

Lok Bhatta २ वर्ष अघि
  • ज्योतिष शास्त्र अनुसार यस पटक गुरु पूर्णिमामा धेरै ग्रह र नक्षत्रको शुभ संयोग पनि बनिरहेको छ । गुरु पूर्णिमा तिथीमा रुचक, भद्र र हंस योगको शुभ संयोजन बनिरहेको छ ।

    गुरु पूर्णिमाको दिन गुरु पूजाको विशेष महत्व छ । वेदव्यासको जन्मजयन्ती पनि यसै दिन मनाइन्छ र विधिवत पूजा गरिन्छ। पौराणिक मान्यता अनुसार महर्षि वेदव्यासको जन्म यही मितिमा भएको थियो र उहाँलाई प्रथम गुरुको दर्जा पनि प्राप्त भएको छ । यस तिथिलाई व्यास पूर्णिमा पनि भनिन्छ।

    ज्योतिष शास्त्र अनुसार यस पटक गुरु पूर्णिमामा धेरै ग्रह र नक्षत्रको शुभ संयोग पनि बनिरहेको छ । गुरु पूर्णिमा तिथीमा रुचक, भद्र र हंस योगको शुभ संयोजन बनिरहेको छ । यसका साथै गुरु पूर्णिमाका दिन बृहस्पति, मंगल, बुध र शनिको शुभ संयोग पनि सँगै देखिने गरेको छ ।

    यसपटक गुरु पूर्णिमाको दिन सूर्य-बुध संयोगले बुद्धादित्य योग, मंगल मेषमा भएकाले रुचक योग, बृहस्पति मीन राशिमा हुँदा हंस योग, शनिदेव मकर राशिमा भएकाले केन्द्रमा रहेको छ । शशायोग, बुध मिथुन राशिमा गोचर हुने भएकाले भाद्र योग बनिरहेको छ ।

    शास्त्रमा गुरु पूर्णिमाको दिन पूजाको विशेष महत्व रहेको छ । यस शुभ तिथीमा गुरुको पूजा गर्नुका धेरै फाइदाहरू छन्।