हिन्दू धर्ममा गुरुको स्थान भगवानको अगाडि राखिन्छ । गुरु पूर्णिमालाई व्यास पूर्णिमा पनि भनिन्छ। गुरुको दर्जा प्राप्त गरेका महर्षि वेद व्यासको जन्म आजकै दिन भएको थियो । यस विशेष पूर्णिमामा गुरुको पूजा गरिन्छ। गुरुद्वारा मात्र ज्ञान प्राप्त हुन्छ। गुरुले हामीलाई अन्धकारबाट उज्यालोमा जाने बाटो देखाउनुहुन्छ।
गुरुको साँचो वफादारी र समर्पणको महत्व, सम्मान र भावना सधैं रहँदै आएको छ। वेदको रचना र शिक्षा दिने महर्षि वेद व्यासलाई हिन्दू धर्ममा प्रथम गुरुको दर्जा दिइएको छ। यसै कारणले पनि प्रत्येक वर्ष आषाढ पूर्णिमाका दिन व्यास पूर्णिमा मनाइन्छ ।
ज्योतिषीहरुका अनुसार यस वर्षको गुरु पूर्णिमामा निकै सुन्दर र फलदायी राजयोग बन्न लागेको छ । आजको दिन रुचक, भद्र र हंस योगको शुभ संयोग बनिरहेको छ । यसका साथै गुरु पूर्णिमाका दिन बृहस्पति, मंगल, बुध र शनिको शुभ संयोग पनि सँगै देखिने गरेको छ ।