
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो ।
जसमध्ये २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जना र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।
१ हजार ७०१ जना होम आइसोलेसनमा रहेका छन् । ७५ जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा छन् ।१५ जनाको आईसीयू र एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयको भनाइ छ ।
सोमबार थप एक जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या हाल सम्म ११ हजार ९५४ जना पुगेको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ७९३ पुगेको तथ्यांकले देखाउँछ ।