नागपञ्चमी पर्व कहिले मनाइदैछ, यसको महत्व जान्नुहोस्

Lok Bhatta २ वर्ष अघि
  • पवित्र साउन महिना चलिरहेको छ । यो महिना भगवान शिवको आराधनाका लागि सबैभन्दा शुभ मानिन्छ । साउन महिनामा नागपञ्चमी पर्व पनि मनाइन्छ । हिन्दू क्यालेन्डर अनुसार नागपञ्चमी पर्व साउन शुक्ल पक्षको पञ्चमीका दिन पर्दछ । यसमा नाग देवताको विशेष पूजा गरिन्छ । नाग देवताले भगवान शिवको गलाको सौन्दर्य बढाउँछ ।

    हिन्दु धर्ममा नागपञ्चमीको विशेष महत्व रहेको छ । यस दिन नाग देवताको पूजा गर्नाले घरमा सुख–समृद्धि आउने जनविश्वास छ । यसपटक नागपञ्चमी पर्व साउन १७ गते मंगलबारका दिन मनाइँदैछ ।

    नागपञ्चमीको महत्व

    नागपञ्चमी पर्वलाई साउन महिनाको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड मानिन्छ । नागपञ्चमीका दिन भगवान शिवको पूजासँगै घाँटीमा सजाउने नाग देवताको विधिवत पूजा गरिन्छ ।

    शुक्ल पञ्चमी तिथीमा नागदेवताको पूजा गरेपछि भोगमा दूध चढाइन्छ । सुख र समृद्धिका लागि नागपञ्चमीका दिन नाग देवताको पूजाआजा गर्नुपर्छ । जसको कुण्डलीमा कालसर्प दोष हुन्छ, उनीहरुले नागपञ्चमीका दिन नाग देवतासँगै भगवान शिवको पूजा गर्ने जनविश्वास छ ।