
इरानको खडेरी प्रभावित दक्षिणी प्रान्तमा आएको बाढीमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । सरकारी टेलिभिजनले शनिबार यो जानकारी दिएको हो । इस्ताहबान सहरका गभर्नर युसुफ केरेगरले भारी वर्षाका कारण शहरको रोडबल नदीमा बाढी आएको बताए। राहतकर्मीहरूले बाढीमा फसेका ५५ जनाको उद्धार गरेका छन् भने ६ जना अझै बेपत्ता छन् । प्रदेशका १० भन्दा बढी गाउँ पनि बाढीबाट प्रभावित भएका छन् ।
इरानका गृहमन्त्री अहमद वाहिदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । जलवायु परिवर्तनका कारण एक दशकभन्दा बढी समयदेखि खडेरीको सामना गरिरहेको इरानको मौसम विभागले यसपटक भारी वर्षा हुने चेतावनी दिएको छ । जसका कारण नदी किनारमा बनेका भवन र सडकमा क्षति पुग्ने सम्भावना रहेको छ ।