आज साउनको दोस्रो सोमबार

Lok Bhatta ३ वर्ष अघि
  • आज साउनको दोस्रो सोमबार । साउनको दोस्रो सोमबारको दिन निकै शुभ संयोग भएको छ । आज साउन सोमबार र प्रदोष व्रत पनि छ । साउन सोमबारको प्रदोष व्रतका कारण भगवान शिवको पूजा, आराधना र अभिषेकको महत्व बढेको छ । साउनको सोमबार शिवलिंगमा जलाभिषेक गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् ।

    साउन महिना सुख, समृद्धि र सुखी दाम्पत्य जीवनका लागि निकै शुभ मानिन्छ । ज्योतिषशास्त्रका अनुसार श्रीमान्–श्रीमतीबीचको मधुरता र दाम्पत्य जीवनको सुखका लागि शिव र माता पार्वतीलाई पञ्चामृतले अभिषेक गर्नुहोस् । यसो गर्नाले पति पत्नीबीचको कलह कम हुने जनविश्वास छ ।

    साउन महिना शिवभक्तहरूका लागि विशेष छ। यस महिनामा भगवान शिवको पूजा गर्नाले शुभ फल प्राप्त हुन्छ । साउनमा रुद्राभिषेक गर्नाले सबै प्रकारका ग्रह दोष र समस्याबाट मुक्ति मिल्छ। साउनको प्रत्येक दिन विशेष गरी साउन सोमबार, प्रदोष व्रत र मासिक शिवरात्रि शुभ र कल्याणकारी छन्। साउन महिनामा विभिन्न मनोकामना पूरा जनविश्वास छ ।

    साउन महिनाको दोस्रो सोमबार विधिपूर्वक भगवान शिव र माता पार्वतीको पूजा–आराधना गर्नाले सबै प्रकारका ग्रह दोष र सङ्कटबाट मुक्ति मिल्छ र मनोकांक्षा पूरा हुन्छ । यस दिन भगवान शिवको रुद्राभिषेक र शिवलिङ्गको पूजा गरिन्छ ।