खोटाङमा भूकम्प

Lok Bhatta २ वर्ष अघि
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार आज बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिका-५, मात्तिम विर्ता केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । उनका अनुसार यो गोरखा भूकम्पको परकम्प नभइ भूकम्प हो ।

    २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो हालसम्मकै शक्तिशाली भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । तर भूकम्पले साकेला गाउँपालिकाको भवन चर्किनुबाहेक जिल्लामा अन्य भौतिक र मानवीय क्षतिको जानकारी अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले जानकारी दिए ।

    प्रहरीका अनुसार क्षति पुगे/नपुगेकोबारे बुझ्ने क्रम जारी रहे पनि अहिलेसम्म त्यस्तो कुनै विवरण प्राप्त भएको छैन ।