राष्ट्रपति पदका लागि भएको मतदानमा एनडीएले द्रौपदी मुर्मुको नाम दिएको थियो । द्रौपदी मुर्मु उड़ीसाकी आदिवासी महिला नेता हुन् र उनी झारखण्डको गभर्नर पनि ।
द्रौपदी मुर्मुको जन्म २० जुन १९५८ मा ओडिशाको मयुरभञ्ज जिल्लाको आदिवासी परिवारमा भएको थियो। उनको बुबाको नाम बिरांची नारायण टुडु थियो, जो आफ्नो परम्परा अनुसार गाउँ र समाजको प्रमुख थिए ।
आफ्नो गृह जिल्लाबाट प्रारम्भिक शिक्षा पूरा गरेपछि द्रौपदीले भुवनेश्वरको रमादेवी महिला विद्यालयबाट स्नातक गरेकी थिइन् । पढाइ सकेपछि शिक्षकका रूपमा करियर सुरु गरिन र केही समय यही क्षेत्रमा काम गरिन ।
द्रौपदी मुर्मुको जीवन संघर्ष
द्रौपदी मुर्मुको विवाह श्यामचरण मुर्मुसँग भएको थियो, जसबाट उनीहरूका दुई छोरा र एक छोरी थिए। पछि उनका दुवै छोरा मरे र पतिल पनि छोडेर पञ्चतत्वमा विलीन भए । सन्तान र श्रीमान गुमाउनु द्रौपदी मुर्मुका लागि कठिन समय थियो तर उनले हार मानिनन् र समाजको लागि केही गर्न राजनीतिमा प्रवेश गरिन् ।
उनले आफ्नो राजनीतिक करियर ओडिसीबाट बीजेपीबाट सुरु गरिन । बीजेपीमा प्रवेश गरेपछि, उनले १९९७ मा रैरंगपुर नगर पञ्चायतको काउन्सिलर चुनावमा भाग लिइन र विजयी पनि । भाजपाले मुर्मुलाई पार्टीको अनुसूचित जनजाति मोर्चाको उपाध्यक्ष बनायो ।
यसपछि २००० देखि २००२ सम्म ओडिशामा बीजेपी र बिजु जनता दलको गठबन्धन सरकारमा उनी स्वतन्त्र प्रभारका साथ वाणिज्य तथा यातायात मन्त्री भइन् । सन् २००२ देखि २००४ सम्म मत्स्यपालन तथा पशु संसाधन विकास राज्यमन्त्रीको रूपमा काम गरिन । उनले ओडिशाको रायगञ्ज विधानसभा सीटबाट विधान सभा चुनावमा पनि बिजय हाँसिल गरिन ।
पछि सन् २०१५ देखि २०२१ सम्म झारखण्डको गभर्नर पनि नियुक्त भएकी थिइन । उनी राज्यको पहिलो महिला गभर्नर बनेकी थिइन । यसरी संर्षमा चलिरहेको थियो उनको समग्र जीवन उनै द्रौपदी मुम अहिले भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्न सफल बनेकी छिन् ।