बालाजुमा जुत्ता कारखानामा आगलागी

Lok Bhatta ३ वर्ष अघि
  • काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा रहेका छन् । अहिले प्रहरी घटनास्थलमा पुगेका छन् ।

    जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको मैनालीले बताए ।

    नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।