
इतिहासको पानामा यस्ता धेरै घटनाहरु लेखिएका छन्, जसको बारेमा कमैलाई थाहा छ । तर तिनको कारण आज पनि मानिसका लागि रहस्य बनेको छ । राजस्थानको कुलधारामा पनि यस्तै गाउँ छ, त्यहाँबाट मानिसहरु रातारात घर छाडेर गएको बताइएको छ ।
गाउँका सबै मानिसहरु किन आफ्नो घर छाडेर हिँडे भन्ने अचम्म लाग्छ । यही कथाको कारणले गर्दा आज मानिसहरु त्यो गाउँ जान मन पराउँदैनन् र भनिन्छ कि त्यो गाउँमा भूतको बास भएको कारणले गर्दा मानिसहरु त्यहाँ जाँदैनन् ।
यो गाउँ राजस्थानको जैसलमेरबाट करिब २० किलोमिटर टाढा छ, जसको नाम कुलधारा हो। भनिन्छ यो गाउँका भूतको बास छ र अहिले गाउँमा कोही पनि बस्दैनन् । गाउँमा केही पुराना घरहरू छन्, जुन पूर्ण रूपमा भग्नावशेषमा परेका छन् र तिनीहरूको पर्खाल मात्र बाँकी छ। अहिले यो गाउँ देशकै हान्टेड प्लेसमा गनिने गरेको छ । यो गाउँ झण्डै दुई सय वर्षदेखि यस्तै सुनसान रहेको बताइन्छ । यहाँ रातको समयमा जान निषेध गरिएको छ, र दिनमा पनि मानिसहरू जान डराउँछन्।
रहस्य के हो ?
कुनै समय यहाँ चहलपहल हुन्थ्यो । मान्यता र लोककथा अनुसार यो पालिवाल ब्राह्मणहरुको गाउँ थियो तर एक दिन यस्तो भयो कि गाउँका करिब १५ सय मानिसहरु यहाँबाट बसाई सरेका थिए भने धेरैले यसलाई कथामा मानिसहरु बेपत्ता भएको पनि भन्ने गरेका छन् । अहिले यो कारण रहस्य बनी रहेको छ।
यसको पछाडिको कथा के छ ?
भनिन्छ यहाँ एकजना मन्त्री हुनुहुन्थ्यो जसको नाम सलीम सिंह थियो । सलिम सिंहलाई धेरै क्रुर मानिन्थ्यो र गाउँलेहरू उनको हर्कत र अत्याचारबाट चिन्तित थिए। उनले गाउँलेलाई जबरजस्ती असुली र शोषण गर्ने गरेको पनि बताइएको छ । उनीबाट विचलित भएर गाउँले यो गाउँ छोडे । यससँगै सलीमले एकपटक गाउँका मुखियाकी छोरीलाई नराम्रो नजरले देखेर आफूसँगै राख्ने इच्छा व्यक्त गरेको पनि बताइएको छ । त्यसपछि ब्राह्मणहरूले त्यहाँबाट जाने निर्णय गरे।
भनिन्छ, सबै ब्राह्मणहरूले यो गाउँ छोड्दा श्राप दिएका थिए। त्यसयता यहाँ कोही पनि भेटिएको छैन । त्यसबेलादेखि यो ठाउँ सुनसान छ र यहाँ गएर बसेमा जोसुकैलाई जे पनि हुन सक्छ भन्ने मानिसहरूको विश्वास छ।