जीवनमा जित चाहनुहुन्छ यो नीति अपनाउनुहोस

Lok Bhatta २ वर्ष अघि
  • सावधान हुन आवश्यक छ

    आचार्य चाणक्यका अनुसार कुनै पनि व्यक्तिको शत्रुले सधैं उसमाथि आफ्नो नजर राख्छ । उसले तपाईंका कमजोरीहरूमा ध्यान दिन्छ। त्यसैले यस्तो अवस्थामा सावधानी अपनाउनुपर्छ । शत्रुलाई आफ्नो कमजोरी समात्ने काम कहिल्यै दिनु हुँदैन ।

    शत्रुबाट योजना गोप्य राख्नुहोस्

    चाणक्य नीति शास्त्रका अनुसार आफ्नो शत्रुलाई कहिल्यै कमजोर नठान्नुहोस् । तर अझै पनि ध्यान राख्नुहोस् कि तपाईंको शत्रुले तपाईंको गोप्य योजनाहरूको बारेमा कहिल्यै थाहा पाउँदैन। सधैं आफ्नो भरपर्दो व्यक्तिसँग आफ्नो योजनाहरू छलफल गर्नुहोस्। यसबाहेक काम पूरा नभएसम्म योजनाको बारेमा कसैलाई नभन्नुहोस्।

    कसैको कुभलो नगर्नुहोस् नसुन्नुहोस्

    आचार्य चाणक्यका अनुसार जुनसुकै बेला कुनै पनि पार्करको खराबीबाट बच्नुपर्छ । जीवनमा तब मात्र सफल हुनेछौ जब तिमी न कसैको नराम्रो गर्छौ न कसैको नराम्रो कुरा सुन्छौ।