तुलसी विवाहको महत्व

Lok Bhatta २ वर्ष अघि
  • प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको द्वादशी तिथिमा तुलसी विवाह मनाइन्छ । तुलसीलाई सनातन हिन्दू धर्ममा पवित्र बोटको रूपमा चिनिन्छ। तुलसीलाई लक्ष्मीको रूप मानिन्छ । तुलसीजीको विवाह भगवान विष्णुको स्वरूप शालिग्रामसँग गरिन्छ ।

    पौराणिक मान्यता अनुसार आषाढ शुक्ल पक्षको देवशयनी एकादशीका दिन श्रीहरि विष्णु चार महिनासम्म योग निद्रामा समाहित भई कार्तिक महिनाको देवतानी एकादशीका दिन उठ्नुहुन्छ । भगवान विष्णुको जागरणपछि तुलसीजीको शिलाग्राम अवतारसँग विवाह गर्ने चलन छ ।

    यस दिन व्रत गर्दा एक हजार अश्वमेध यज्ञ गरे सरह फल प्राप्त हुने जनविश्वास रहेको छ । तुलसी विवाहको दिन तुलसीजी र शालिग्रामको विवाह गर्नाले भगवान विष्णु र माता लक्ष्मीको आशीर्वाद प्राप्त हुनुका साथै भक्तका सबै मनोकामना पनि पूरा हुन्छन् । विवाह र विवाहको शुभ मुहूर्त पनि तुलसी विवाहपछि सुरु हुन्छ ।