वीरगञ्जस्थित कृषि औजार कारखानामा भएका सामग्रीको लगत संकलन सुरु भएको छ । मंगलबार कारखानाको सरसफाई गर्नुको साथै सामग्रीको लगत तयार गर्ने कार्य थालनी गरेको छ ।
कारखाना सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रको टोलीले कारखानाको अवस्थाबारे अध्ययन शुरु गरेको हो । केन्द्रका प्राविधिक सहितको टोली कारखाना भित्र प्रवेश गरेर औजार, उपकरणको
कात्तिक ६ गते बसेको कारखाना सञ्चालक समतिको निर्णय अनुसार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसहित प्राविधिक टोली कारखानाको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।
आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कारखानालाई आधुनिकीकरण गर्दै लैजाने बताए ।
‘पहिला पुरानो मेशिनलाई खोलेर सरसफाइ गर्नुपर्छ । इलेक्ट्रिकल, सिभिल काम मर्मत गर्नुपर्छ । भइरहेको कुरालाई मर्मत सम्भार गराउँछौं । सबै उत्पादन गर्न नसकेपनि एक वर्ष भित्र १०/१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य राखेका छौंं । जो पहिला उत्पादन भइरहेको थियो’, उनले भने, ‘पुरानो जमानाको ६० वर्ष अगाडिको कारखाना हो । यसलाई आधुनिकीकरण गर्नु नै पर्छ । यहाँका मेसिन सबै हातले चलाउने छ । अटोमेटिक मेसिन राखेर क्षमता अभिवृद्धि गर्नुपर्छ ।’
२/३ वर्ष भित्रमा कारखाना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको उनले बताए ।