समानुपातिकमा घण्टी तेस्रो स्थानमा

Lok Bhatta २ वर्ष अघि
  • निर्वाचन आयोगबाट प्राप्त अहिलेसम्मको मतपरिणाममा समानुपातिक तर्फ नेकपा एमाले पहिलो स्थानमा छ।

    एमालेले ६६१९० मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५७९९२ मत ल्याएको छ।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी माओवादी केन्द्रलाई पछि पार्दै तेस्रो स्थानमा छ। रास्वपाले २९०५० मत पाएको छ भने माओवादी केन्द्रले २५७०९ मत ल्याएको छ।