वास्तविक खुसियाली ?

Lok Bhatta ३ वर्ष अघि
  • सत्गुरु : आफ्नै जीवनलाई हेर्नुहोस्: तपाईंले जहिलेदेखि काम गर्न शुरु गर्नुभयो, तपाईं बढी खुसी हुनुभएको छ वा झन् कम । त्यही जागिर पाउनु तपाईंको सपना थियो । दश वर्षसम्म काम गरिसक्दा, के तपाईं पहिलेभन्दा झन् बढी आनन्दित व्यक्ति हुनुभएको छ ? अधिकांश मानिसहरूको जवाफ हुन्छ, ″अहँ छैन ।″ यसलाई मनन गर्नुहोस्: ″मेरो जीवनको प्रकृति के हो ? आखिर मैले चाहिरहेको कुरा के हो ?″ यदि तपाईंले यसलाई गहिरेर हेर्नुभयो भने, तपाईं जीवनसँग जोडिनु हुनेछ, अर्को कुनै तरिका छैन । तपाईं जोडिनै पर्ने हुन्छ ।

    तपाईं वास्तवमा जो हो, यदि त्यसलाई जान्नको लागि तपाईं साँच्चिकै इच्छुक हुनुहुन्छ भने, यदि तपाईंभित्र त्यसप्रति गहिरो इच्छा छ भने, तपाईं जोसुकै भएपनि, जहाँसुकै रहेपनि, म तपाईंसँगै हुनेछु । तपाईंले आफ्नो परम वा वास्तविक खुसियालीमा ध्यान दिनुपर्छ । यदि तपाईंले यो जीवनले वास्तवमै के चाहिरहेको हो भन्नेप्रति ध्यान दिनुभयो भने, तपाईं अवश्य जोडिनु हुनेछ ।