
उधौली पर्व लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो । उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिने भएकाले लिम्बू समुदायमा यसलाई न्वागी पर्वको रुपमा पनि मनाइन्छ ।
किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्राइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने, कान दुखाउने जस्ता भयावह रोगव्याधिबाट दुःख पाइने लिम्बू जातिमा विश्वास छ ।
यस पर्व नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय वेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाउदै आएका छन् ।