खरमास भनेको के हो ? यसबेला के गर्ने, के नगर्ने ?

Lok Bhatta ३ वर्ष अघि
  • धनु राशिमा सूर्यको गोचरको अवधिलाई खरमास भनिन्छ । खर महिना डिसेम्बरको मध्यदेखि सुरु हुन्छ र जनवरीको मध्यसम्म रहन्छ । संक्रान्तिको यस अवधिमा अग्नि तत्व चरम सीमामा हुन्छ ।

    यस चरणमा जलवायु, प्रकृति र मानव व्यवहारमा परिवर्तनहरू पनि देखिन्छन् । यस अवधिमा विवाहजस्ता शुभ कार्यहरू गरिँदैनन् । खरमास एक महिनासम्म रहन्छ । ज्योतिषशास्त्रका अनुसार सूर्य देवताको एक राशिबाट अर्को राशिमा स्थान परिवर्तन हुने प्रक्रियालाई संक्रान्ति भनिन्छ ।

    डिसेम्बरमा सूर्य देव धनु राशिमा प्रवेश गर्ने भएकाले खरमास लाग्ने भएको छ । यसलाई धनु संक्रान्ति पनि भनिन्छ । सूर्यदेव धुन राशिबाट निस्केर मकर राशिमा प्रवेश गर्दा मकर संक्रान्ति पर्छ ।

    शुभ कार्य हुनेछैन

    खरमासको समयमा कुनै शुभ कार्य हुदैन भनिन्छ । कुनै पनि नयाँ कामको थालनीका लागि खरमसलाई पनि अशुभ मानिन्छ।

    खरमासमा के गर्ने

    ज्योतिषशास्त्रका अनुसार यो महिनाभर सूर्यदेवको आराधना गर्नु शुभ मानिन्छ ।
    खरमास महिनाभर सूर्यदेवलाई तामाको भाँडोमा अर्घ्य दिनुपर्छ ।
    सूर्य पाठ र सूर्यको मन्त्र जप गर्नुपर्छ ।
    खरमास भगवान विष्णुको आराधना गर्नाले सबै पाप नष्ट हुन्छ । यससँगै घरमा कीर्ति र सौभाग्य आउँछ ।
    यस दिनमा गाई, गुरुदेव र सन्तको सेवा गर्नुहोस् । यसबाट शुभ फल मिल्छ ।

    खरमसको समयमा यो काम नगर्नुहोस्

    खरमासमा तामसिक खाना खानु हुँदैन ।
    मदिरा आदि पनि सेवन गर्नु हुँदैन ।
    तामाको भाँडोमा राखिएको पानी पिउनु हुँदैन ।
    यो महिनामा कुनै पनि नयाँ वस्तु तथा सवारी साधन किन्नु हुँदैन ।
    शुभ कार्यको लागि घर वार्मिङ आदि गर्नु हुँदैन।
    यस अवधिमा कुनै पनि नयाँ व्यवसाय सुरु गर्नु हुँदैन ।