मंगलबारको दिन हनुमानजीको पूजा गर्दा यी कुरामा ध्यान दिनुहोस्

Lok Bhatta ३ वर्ष अघि
  • मंगलबारको दिन विहान बेलुका हनुमानजीको पूजा–आराधना गर्ने जनविश्वास छ । यस दिन सूर्योदयपछि र बेलुका सूर्यास्तपछि हनुमानजीको पूजा गर्न सकिन्छ ।

    हनुमान साधनामा शरीर र मनको शुद्धताको ख्याल राख्नु धेरै महत्त्वपूर्ण छ। हनुमान जीको पूजा गर्दा ब्रह्मचर्यको पूर्ण पालना गर्नु अति आवश्यक छ। यसका साथै पूर्ण श्रद्धा, भक्ति र सेवाका साथ भगवान हनुमानको पूजा गर्नुपर्छ ।

    भगवान हनुमानलाई तिल वा चमेलीको तेल मिसाएर सिंदूरले माल्नुपर्छ । यसका साथै बजरंगबली हनुमानको तिलकमा केसर मिसाएर रातो चन्दन लगाउनु पर्छ।

    ज्योतिष शास्त्रका अनुसार मंगलबार भुलाएर पनि उडदको दाल खानु हुँदैन । उडद शनिसँग सम्बन्धित छ। यस्तो अवस्थामा शनि र मंगलको संयोगले यस दिन उडद खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसबाहेक मंगलबारको दिन दूधबाट बनेको वस्तु दान गर्नु हुँदैन ।