मानिसले बिहान उठ्ने बित्तिकै गर्नुपर्ने कर्म

Lok Bhatta ३ वर्ष अघि
  • भनिन्छ दिनको सुरुवात राम्रो भए दिनभर राम्रो बित्छ । यही कारणले गर्दा अधिकांश मानिसहरूले बिहान सबभन्दा पहिले भगवानको नाम लिने गर्छन्। त्यसैले हरेक दिन बिहान उठेपछि भगवानको पूजा गर्नुपर्छ । विश्वास अनुसार दिनको सुरुवात भगवानको आराधनाले गर्दा दिनभर शुभ समाचार प्राप्त हुन्छ ।

    यसबाहेक केही यस्ता काम पनि छन्, जसलाई बिहान उठेपछि गर्नाले जीवनमा आउने धेरै समस्याबाट बच्न सकिन्छ । यी कामहरू धेरै सजिलो छन्, जुन जो कोहीले गर्न सक्छन्। यी उपायले भगवानको कृपा सदैव रहन्छ र दुर्भाग्य पनि सौभाग्यमा परिणत हुने जनविश्वास छ । आउनुहोस् जानौं ती कामहरू जुन बिहान गरेमा शुभ फल मिल्छ।

    हिन्दु शास्त्रका अनुसार बिहान उठेपछि सबैभन्दा पहिले दुवै हातको हत्केला जोडेर केही समय हेर्नुपर्छ । बिहान उठ्ने बित्तिकै दुबै हत्केला देख्दा दिनभरी राम्रो बित्ने जनविश्वास छ । यसका साथै दिनभर शरीरमा सकारात्मक उर्जा रहन्छ र मनलाई शान्ति मिल्छ।

    सूर्यदेवलाई हरेक बिहान तामाको भाँडोमा अर्घ्य दिनु शुभ मानिन्छ । यसबाट पितृको कृपा सदैव रहन्छ र सूर्य ग्रह पनि बलवान हुन्छ। तामाको पानीमा कुमकुम र रातो फूल राख्नुहोस्। यसले सूर्य देवतालाई प्रसन्न तुल्याउँछ।

    बिहान उठेपछि नुहाएर वेद, गीता जस्ता धार्मिक ग्रन्थको दर्शन गर्नु निकै शुभ मानिने जनविश्वास छ । अर्कोतर्फ यी धार्मिक पुस्तकहरू पढ्नुभयो भने अपार फाइदा हुन्छ। जसका कारण मानिस शारीरिक र मानसिक रुपमा दिनभर उर्जावान रहन्छ ।