संसदीय दलको नेतामा रवि लामिछाने चयन

Lok Bhatta २ वर्ष अघि
  • राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको बैठकले रवि लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

    बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका रवि लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको छ ।

    दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन अझै बाँकी छ । गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।बैठक आज बिहान ११ बजे बोलाइएको हो । संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ ।