शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित

Lok Bhatta २ वर्ष अघि
  • नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । गगनकुमार थापालाई ३९ मतान्तरले पपछिपार्दै देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

    गगन थापाले २५ मत पाउँदा शेरबहादुर देउवाले ६४ पाएको जनाइएको छ ।

    निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।