बालुवाटार छोड्दै देउवा

Lok Bhatta २ वर्ष अघि
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि शेर बहादुर देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् । देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।


    माओवादी अध्यक्ष प्रचण्डले अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने उनी निकट स्रोतले जनाएको छ ।

    संसदमा पहिलो दल रहेको कांग्रेसले सरकार बनाउन नसकेपछि गठबन्धन तोडेर दाहालले केपी ओली सँगको सहकार्यमा आफ्नो सरकार बनाउन सफल भएका हुन् । गठबन्धनलाई जोगाएर देउवाले छैठौं पटक प्रधानमन्त्री बन्न खोज्दा काग्रेसले सत्ता गुमाउनु परेको भनेर आलोचना भइरहेको छ ।