यसरी गरौ पैसाको सदुपयोग

Lok Bhatta २ वर्ष अघि
  • गरुड पुराणका अनुसार मानिससँग जतिसुकै धनसम्पत्ति भए पनि यदि उसले आफ्नो परिवारलाई आरामदायी जीवन दिन सक्दैन भने त्यस्तो धन व्यर्थ हुन्छ ।

    हिन्दू धर्ममा नारीलाई लक्ष्मीको रूप मानिन्छ र नारीको अपमान गर्नु लक्ष्मीको अपमान हो । गरुड पुराणका अनुसार घरका नारीको रक्षा नगर्ने धन चाँडै नष्ट हुन्छ । त्यसैगरी माता लक्ष्मीको पनि त्यस्तो ठाउँमा बास हुँदैन ।

    गरुड पुराणमा भनिएको छ, जुन धन गरिबको सहायतामा खर्च हुँदैन, दानमा खर्च हुँदैन, त्यो चाँडै नष्ट हुन्छ । पैसाको सदुपयोग तब हुन्छ जब त्यो खाँचोमा परेकालाई सहयोग गर्न प्रयोग गरिन्छ।

    अरूको धन वा सम्पत्ति लुट्ने सोच्ने मानिसहरूसँग माता लक्ष्मी सधैं क्रोधित हुन्छिन्, किनभने उनीहरूले कहिल्यै साँचो सुखको अनुभव गर्दैनन्।