हिन्दू क्यालेन्डर अनुसार पुत्रदा एकादशी वर्षमा दुई पटक आउँछ । पौष शुक्ल पक्षको एकादशी तिथिमा प्रथम पुत्रदा एकादशी व्रत गरिन्छ । अर्कोतर्फ साउन शुक्ल पक्षको एकादशीका दिन पुत्रदा एकादशीको व्रत गरिन्छ ।
धार्मिक मान्यता अनुसार यो व्रत कसैले नियम-कानूनका साथ पालन गरेमा छिटै सन्तानको सुख प्राप्त हुन्छ । साथै यो व्रत गर्नेहरुको सन्तानको स्वास्थ्य सधै राम्रो रहन्छ । यसबाहेक लामो समयदेखि रोकिएको काम पनि पूरा पुरा हुने जनविश्वास रहदै आएको छ ।