पोखरामा बनेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि आन्तरिकतर्फको उडान सुरू भएको छ।
सन् २०१७ जुलाई ११ देखि निर्माण थालिएको नयाँ विमानस्थल साढे ५ वर्षमा निर्माण सम्पन्न भएको छ।
नयाँ एयरपोर्टबाट आन्तरिक उडान हुन थालेपछि अब पोखराबाट रातको समयमा समेत उडान र अवतरण हुन सक्नेछ।
पोखराको नयाँ एयरपोर्टमा भएको यो सुविधाका कारण देशभरको जहाज डिले हुने समस्यामा थौरै भए पनि राहत मिल्ने देखिएको छ।
नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ यात्रु ‘होल्ड’ गर्ने क्षमता समेत धेरै छ।