मकर संक्रान्तिको दिन, शनि र राहु दोषबाट मुक्त हुन यी कुरा दान गर्नुहोस् ।

Lok Bhatta २ वर्ष अघि
  • मकर संक्रान्तिको शुभ पर्वका दिन पवित्र नदीमा नुहाएर सूर्यदेवको पूजा आराधना गर्ने चलन छ । यसो गर्नाले मनोकामना पूरा हुन्छ । ज्योतिषशास्त्रका अनुसार यस दिन सूर्य देव मकर राशिमा आउनुहुन्छ, जसले सबै राशिलाई मात्र नभई सम्पूर्ण वातावरणमा प्रभाव पार्छ। मकर संक्रान्तिको दिन दान गर्नु शुभ मानिन्छ। यसो गर्दा शुभ फल मिल्छ ।

    यसका साथै धेरै दोषबाट मुक्ति मिल्छ । यदि तपाई शनि र राहु दोषबाट छुटकारा पाउन चाहनुहुन्छ भने मकर संक्रान्तिको दिन केही चीज दान गर्नाले लाभ प्राप्त गर्न सकिन्छ । आउनुहोस् जानौं आजको दिन कुन-कुन वस्तु दान गर्नुपर्छ।

    उडद

    ज्योतिष शास्त्रमा उडदको दाललाई शनिदेवसँग सम्बन्धित मानिन्छ। शनिदोषबाट छुटकारा पाउन मकर संक्रान्तिको दिन उडरद दाल खिचडी दान गर्नुपर्छ । यस दिन उडदको खिचडी दान गरेमा कुंडलीमा रहेको शनिदोष हट्छ ।

    तिल दान

    यसबाहेक मकर संक्रान्तिको दिन तिल दान गर्नुहोस्। तिलको दाना दान गर्दा शनिदोष पनि हटाउन सकिने जनविश्वास रहेको छ ।

    कम्बल

    शास्त्रमा मकर संक्रान्तिको दिन कम्बल दान गर्नु पनि निकै फलदायी मानिएको छ । यस दिन कम्बल दान गरे राहुदोष हट्ने जनविश्वास छ ।