४ लाख विद्युतीय गाडी एकैपटक चार्ज गर्न सकिने ब्याट्री, कहाँ बनेको छ, कसरी काम गर्छ ?

Lok Bhatta २ वर्ष अघि
  • एउटै ब्याट्रीबाट चार लाख विद्युतीय गाडी चल्न सक्ने भनौं भने पत्याउनै गाह्रो हुन्छ तर यो सत्य हो । विश्वभर विद्युतीय सवारी साधनलाई व्यवहारमा ल्याउने प्रयास भइरहेको छ । यो ब्याट्री पनि त्यही प्रयासको एक हिस्सा हो। यसको नाम पानी ब्याट्री हो। स्वीजरल्याण्डमा १४ वर्षको निरन्तर प्रयासपछि यो विशेष प्रकारको ब्याट्री तयार गरिएको हो । यो चार लाख विद्युतीय कार एकैपटक चार्ज गर्न पर्याप्त छ ।

    यो पानीको ब्याट्रीले २ करोड किलोवाट बिजुली भण्डारण गर्न सक्छ । स्वीट्जरल्याण्डको आल्प्स पहाडको गहिराइमा ९०० मेगावाटको जलविद्युत आयोजना जडान गरिएको छ । यो ब्याट्रीले जलविद्युत ऊर्जा भण्डारण गर्छ। यो विभिन्न उचाइको पानीको दुई पोखरीहरू बीच बनाइएको छ। तल्लो पोखरीबाट माथिल्लो पोखरीमा पानी पठाएर बिजुली उत्पादन गरिन्छ जसलाई जलविद्युत ऊर्जा भनिन्छ।

    यो पानीको प्रवाहले हाइड्रो टर्बाइनहरू चलाउँछ, जसले बिजुली उत्पादन गर्दछ। यो प्रणालीले बिजुली भण्डारण गर्छ, जुन विद्युतीय सवारी साधन चार्ज गर्न प्रयोग गरिन्छ। यो कसरी हुन्छ, अब यो पनि बुझौं।

    बिजुली उत्पादन गर्न पूर्ण शक्तिमा पानी पम्प गरेपछि, पाँच मिनेटमा टर्बाइन पूर्ण क्षमतामा चलाउन सकिन्छ। यो पावर प्लान्ट धेरै हिसाबले अन्य प्लान्टहरू भन्दा राम्रो छ। यसले वायु र सौर्य ऊर्जा प्लान्टहरू भन्दा धेरै स्थिर बिजुली उपलब्ध गराउन काम गर्दछ। यस कारण, कम बिजुली बर्बाद हुन्छ र धेरै मर्मत आवश्यक पर्दैन।

    यो पानीको ब्याट्री बनाउन २ अर्ब युरो खर्च भएको छ ।स्विजरल्याण्ड यस्तो देश हो जसले आफ्नो कुल बिजुलीको एक चौथाई आवश्यकता यसरी उत्पादन गर्छ । यहाँ जलविद्युतमा बढी ध्यान केन्द्रित भएकाले तेल र ग्यासको मूल्यमा खासै असर परेको छैन । यसरी यहाँ ऊर्जाका लागि अन्य देशको तेल र ग्यासमाथिको निर्भरता कम छ ।

    यो प्लान्ट स्विट्जरल्याण्डका लागि धेरै महत्त्वपूर्ण छ किनभने यहाँ उत्पादित बिजुलीलाई आपतकालीन समयमा घरहरूमा बत्ती बाल्न पनि प्रयोग गर्न सकिन्छ। यसमार्फत उर्जाको माग बढे पनि ओभरलोडको अवस्थालाई पनि सम्बोधन गर्न सकिने प्रयास भइरहेको छ ।