आज भगवान शिव र गणेशको सँगै पूजा गर्दा विशेष संयोग छ

Lok Bhatta २ वर्ष अघि
  • हिन्दू धर्ममा बुधवार भगवान गणेशलाई समर्पित गरिन्छ। यस दिन पूजा गर्नाले गणेशको कृपा प्राप्त हुन्छ । अर्कोतर्फ धार्मिक मान्यताका यस दिन बुद्ध प्रदोष व्रत पनि मनाइन्छ । प्रदोष व्रतको दिन भगवान शिवको पूजा आराधना गर्ने चलन छ ।

    बुधवार व्रत गर्नाले तपाईले भगवान शिवको साथमा गणेशको आशीर्वाद प्राप्त गर्नुहुनेछ। यसका साथै पूजापछि आरती गर्नाले दुवै देवता प्रसन्‍न भई मनोकामना पूरा हुने आशीर्वाद दिने गर्दछन् ।