यूरोपेली संघकी राजदूतसँग प्रचण्डको भेटबार्ता

Lok Bhatta २ वर्ष अघि
  • यूरोपेली संघका राजदूतको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । नेपालका लागि राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको थियो ।

    प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको छ ।

    राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।