उपभोक्ताहरूले एकैचोटि हीटर बाल्ने वा एसी चलाउने जस्ता गतिविधि गर्छन् । त्यो हुँदा कैयौँ ठाउँमा ट्रान्सफर्मरमा ठूलो भार पर्छ। त्यसो हुँदा कतैकतै तार जल्ने समस्या देखा पर्छ।
काठमाण्डू उपत्यकाका केही स्थानमा आगलागीका घटना पनि भएको प्राधिकरणका कर्मचारी बताउँछन्।
कहिलेकाहीँ ह्वात्तै लोड बढ्दा फीडरमा समस्या आउँछ। त्यो कारणले पीक समयमा बत्ती जान्छ । अरू बेला सडक मर्मत हुँदा अथवा ट्रान्सफर्मर नै बनाउँदा वा परिवर्तन गर्दा बत्ती काट्ने गरिएको अधिकारीहरू बताउँछन् ।