कांग्रेस सभामुखमा उम्मेदवारी दिने

Lok Bhatta २ वर्ष अघि
  • कांग्रेस सभामुखमा उम्मेदवारी दिने

    बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

    उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने एक पदाधिकारीले जानकारी दिए । सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । 

    मतदान बिहीबार हुनेछ । गठबन्धनले सभामुखका लाथि देवराज घिमिरलाई उम्मेदवारको रुपमा अघि सासेको छ । कांग्रसले पनि उम्मेदवार उठाउने भएपछि प्रतिस्पर्धा हुने देखिएको छ ।