नेपालगञ्जबाट काठमाडौं लागि उडेको विमान झापामा अवतरण

Lok Bhatta २ वर्ष अघि
  • आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान ९:६ मा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

    विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।

    बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

    मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

    भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।