विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज माघ १६ गते देशभर शहीद दिवस मनाइँदैछ ।
व२०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा माघ १६ गते शहीदको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाउन थालिएको हो ।
यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।
विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा स्वतन्त्रताको माग गर्दा राणा शासकले मृत्युदण्ड दिएका थिए ।