के हो चट्याङ तर्काउने लेजर ?

Lok Bhatta २ वर्ष अघि
  • के हो चट्याङ तर्काउने लेजर ?

    स्विस पहाडको टाकुरामा लेजर लाइटनिङ रड (एलएलआर) ले सफलतापूर्वक चट्याङ्लाई दर्जनौँ मिटर परसम्म धकेलेको छ।

    सन् २०२१ यता युनिभर्सिटी अफ जिनिभा र प्यारिसको इकोल पोलिटेक्निक इन्स्टिच्युटको समूहले चार पटक यस्तो उपलब्धि हासिल गरिसकेका छन्। तर त्यसको नतिजाबारे यसै महिना मात्रै नेचर फोटोनिक्स जर्नलमा लेख प्रकाशित भएको हो।

    चट्याङ रोक्ने रडहरू धातुका पोलहरू हुन् जुन भुईँसँग जडान गरिएको हुन्छ। तीनले विद्युतको चार्जलाई सोस्ने र तितरवितर गरिदिने काम गर्छन्। तर उनीहरूले आफ्नो उचाईको लगभग बराबरको भुईँको व्यास क्षेत्रमा मात्रै सुरक्षा दिनसक्छन्।

    यसको अर्थ एउटा १० मिटर अग्लो रडले १० मिटर व्यास भएको क्षेत्रलाई सुरक्षित बनाउन सक्छ ।

    लेजर विमहरू लाइटनिङ रडहरू भन्दा धेरै परसम्म पुग्नसक्छन जसले सैद्धान्तिकरूपमा भन्दा नाटकीय ढङ्गले जमिनका सुरक्षित क्षेत्रहरूलाई विस्तार गरिदिन्छन्। “म ठान्छु कि ठूलो लेजरको सहयताले हामी सयौँ मिटर वा एक वर्ग किलोमिटरसम्मको क्षेत्रलाई सुरक्षा दिनसक्छौँ,” होउआर्ड भन्छन्।

    स्रोत बीबीसी