राष्ट्रिय सभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदै

Lok Bhatta २ वर्ष अघि
  • राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ । मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म रहेको छ।
    उम्मेदवारको रुपमा सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई अघि सारे छ भने विपक्षी दलले आज उम्मेदवार चयन गर्दैछन् ।

    तत्कालीन राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ मा सकिएपछि हालसम्म उक्त पद रिक्त छ ।