दक्षिण टर्कीमा ७.८ म्याग्निच्युडको बिनाशकारी भूकम्प

Lok Bhatta २ वर्ष अघि
  • दक्षिण टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको छ । जानकारीका अनुसार टर्कीको दक्षिणी भागमा रहेको गाजियनटेपमा सबैभन्दा बढी भूकम्पको धक्का महसुस गरिएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार यस विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा हालसम्म १९५ जनाको मृत्यु भएको छ ।

    टर्कीस्थित साउदी अरबको दूतावासले आफ्ना सात नागरिकको मृत्यु भएको जनाएको छ । कम्तीमा १५० भवन पनि भत्किएका छन् । ठूलो जनधनको क्षति भएको बताइएको छ । ७ देखि ७.९ रिक्टर स्केलको भूकम्प जाँदा भवनहरू भत्किन्छन् । जमिन भित्र पाइप फुटेको छ । सामाजिक सञ्जालमा धेरै भिडियो भाइरल भइरहेका छन् । जसमा विनाशको दृश्य देखिन्छ । जमिनमा ठूला-ठूला भवनहरू देखिन्छन्।

    टर्कीमा उद्धार कार्य भइरहेको छ । धेरै एजेन्सीहरू जनतालाई बचाउन व्यस्त छन्। धेरै भवन भत्किएका छन् । त्यहाँ मानिसहरु भित्र गाडिएको सम्भावना पनि छ।

    यसबाहेक इजरायल, प्यालेस्टाइन, साइप्रस, लेबनान, इराकमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि टर्की–इरान सीमामा भूकम्प गएको थियो । जसको तीव्रता रिक्टर स्केलमा ५.९ मापन गरिएको थियो । सामाजिक सञ्जालमा जुन किसिमका भिडियोहरु पोष्ट भइरहेका छन्, त्यसले चिन्ताजनक छ । मानिसहरु यता उता दौडिरहेका छन् । जमिनमा ठूला-ठूला भवनहरू देखिन्छन्। प्रहरी र उद्धार टोली उद्धार कार्यमा जुटेका छन् ।