फाल्गुन ऊर्जा र युवावस्थाको महिना

Lok Bhatta २ वर्ष अघि
  • फाल्गुन महिनालाई ऊर्जा र युवावस्थाको महिना मानिन्छ । यो महिनामा वातावरण रमाइलो हुने र चारैतिर नयाँ जोश हुने जनाइएको छ ।

    फाल्गुन महिनालाई धार्मिक दृष्टिले पनि निकै शुभ मानिन्छ । फाल्गुन भगवान शिव, श्रीकृष्ण र चन्द्रदेवको पूजा गर्ने महिना हो। यस महिनामा होली, महाशिवरात्रि आदि प्रमुख चाडपर्वहरू मनाइन्छ। विशेषगरी मथुरा-वृन्दावनमा फाल्गुन महिनामा छुट्टै होली पर्व मनाइन्छ। त्यसैगरी फाल्गुन महिनाका सम्बन्धमा धार्मिक ग्रन्थमा केही नियमहरु उल्लेख गरिएको छ जसको पालना गर्नुपर्ने हुन्छ ।

    फाल्गुन महिनामा ध्यान दिनुहोस यी नियमहरु

    फाल्गुन महिना सुरु हुनासाथ जाडोको अन्त्य भई गर्मी मौसम सुरु हुन्छ । यस्तो अवस्थामा यो महिनामा चिसो वा सामान्य पानीले नुहाउनुपर्छ ।

    फाल्गुन महिनामा अन्नभन्दा फलफूल बढी खानुपर्छ । यो महिनामा अनाज कम सेवन गर्नुपर्छ ।

    यस महिनामा भगवान शिव र भगवान श्रीकृष्णको नियमित पूजा गर्नुहोस्। साथै पूजामा फूलको अधिकतम प्रयोग गरौँ ।

    फाल्गुन महिनाभर मासु, माछा वा नशालु पदार्थको सेवन गर्नु हुँदैन । यसबाहेक आफ्नो बोलीमा संयम राख्नुहोस् र क्रोधबाट टाढा रहनुहोस्।

    फाल्गुन महिनालाई हर्ष र उल्लासको महिना मानिन्छ । वसन्त ऋतुका कारण यो महिनामा मानिसको प्रेम सम्बन्ध र व्यक्तिगत सम्बन्धमा सुधार आउने जनविश्वास रहेको छ । त्यसैले सबैलाई मायाको साथ व्यवहार गर्नुहोस्।