टर्की र उत्तरी सिरियामा गरी कम्तीमा १५,००० मानिसको मृत्यु

Lok Bhatta २ वर्ष अघि
  • टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन्।

    टर्की र उत्तरी सिरियामा गरी कम्तीमा १५,००० मानिसले ज्यान गुमाएको पुष्टि भएको छ।

    आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन्।

    राष्ट्रपति एर्दोआनले सरकारले केही समस्याहरू सामना गरेको स्वीकार गरे, तर अहिले स्थिति “नियन्त्रणमा” रहेको बताएका छन्।

    यद्यपि टर्कीका प्रमुख प्रतिपक्षी दलका नेता केमाल किलिचदारोग्लुले उनको कुरामा सहमति जनाएनन्।

    “यदि यहाँ कोही एक व्यक्ति जिम्मेवार छन् भने त्यो एर्दोआन नै हुन्,” उनले भने।

    राष्ट्रपतिले उक्त आरोपको खण्डन गर्दै विपद्पछि एकता आवश्यक रहेको बताए।

    “यस्तो परिस्थितिमा समेत राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउने व्यक्तिलाई सहन सक्दिनँ,” उनले पत्रकारहरूसँग भने।

    साभार बीबीसी