ब्रह्म मुहूर्त कहिले देखि कहिले सम्म ? यस अवधिमा के गर्ने र के नगर्ने भनेर जान्नुहोस्

Lok Bhatta ११ महिना अघि
  • हिन्दु धर्ममा ब्रह्म मुहूर्तलाई विशेष महत्व दिइएको छ । ब्रह्म भनेको ईश्वर र मुहूर्त भनेको समय हो। अर्थात् ब्रह्म मुहूर्त भगवानको समय हो। यो मुहूर्तमा शरीरमा नयाँ उर्जा र उत्साह आउँछ । साथै, यस समयमा सकारात्मक उर्जाको प्रवाह बढी हुन्छ। ब्रह्म मुहूर्तमा सबै देवी देवताले पृथ्वीको दर्शन गर्ने जनविश्वास छ ।

    यस्तो अवस्थामा देवी-देवतालाई प्रसन्न पार्नको लागि यस समयमा केही विशेष काम गर्न सल्लाह दिइन्छ। साथै शास्त्रमा केही यस्ता काम पनि बताइएका छन्, जुन ब्रह्म मुहूर्तमा गर्नु हुँदैन । आउनुहोस् जानौं ब्रह्म मुहूर्त कहिलेसम्म रहन्छ र यस समयमा के गर्न हुँदैन

    ब्रह्म मुहूर्त कहिले देखि कहिले सम्म ?

    ब्रह्म मुहूर्त भनेको रात्रि प्रहार पछि र सूर्योदय भन्दा ठीक अघिको समय हो। बिहान ४ बजेदेखि ५.३० बजेसम्मको समयलाई ब्रह्म मुहूर्त भनिन्छ ।