काठमाडौं । ओम नेपाल न्युज ।
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ ग्रान्डी अस्पताल बाट डिस्चाज भएका छन । ओली मुस्कानसहित अस्पतालबाट बालुवाटारतर्फ लागेका छन् ।
बिहीबार अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै उनको डायलासिस भएको बताएको थियो।
अस्पतालबाट डिस्चार्ज भएर बाहिर निस्किएका ओलीलाई पत्रकारले कस्तो छ भनेर गरेको प्रश्न गरेका थिए । प्रधानमन्त्री ओली त्यसको जवाफ नदिई मुस्कुराए । उनले मुस्कानसहित पत्रकारलाई अभिवादन गरे । उनले पहिला दुवै हात उठाएर आफू ठिकठाक भएको संकेत गरे भने त्यस लगत्तै एक हातले अभिवादन गर्दै गाडीतर्फ लागे ।
प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्थ्यमा समस्या देखिने गरेको छ।
भदौको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि छाउनीस्थित सैनिक अस्पताल नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो।