सिद्धबाबा कृष्णदासलाई खादै नखाएको बिष लाग्ने खतरा !

सिद्धबाबाविरुद्ध बलात्कारको उजुरी

NepalOm ५ वर्ष अघि
  • ओम नेपाल न्युज , काठमाडौं । महायोगी सिद्धबाबा कृष्णदास र उनका अनुयायीहरुलाई केही दिन यता तनाव बढेको छ । गुरुकै भक्त भन्ने एक महिलाले गुरुको चरित्र हत्या गर्ने गरी अनर्गल लान्छना लगाए पछी अहिले आध्यात्मीक जगतमा नयाँ तरग उत्पन्न भएको हो ।

    सुनसरीको चतराधाममा आश्रम बनाएर हजारौंलाई दिक्षा दिईसकेका सिद्धबाबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी परेको छ । उजुरी दिने अरु कोही नभएर गुरुकै भक्त भनिने एक महिला हुन ।
    फेशबुकमा सलिना रामदासी नाम गरेकी ति महिलाले बिगत लामो समय देखी गुरुलाई म्यासेज गर्दै आएको खुलेको छ । ति म्यासेजहरुमा उनले उल्टै गुरुलाई बिभिन्न पस्तावहरु गरेको देखिन्छ । उनले गुरुलाई चुम्न मन लागेको , अंगालोमा बाधिन मन लागेको जस्ता कुराहरु म्यासेजमा लेखेकी छिन । बिगत ६ महिना यताका उनका म्यासेज तथा फेशबुक स्टाटस हेर्ने हो भने उनी मानषिक रुपमा समेत सहि नभएको जस्तो लाग्छ । आश्रममा आउ जाउ गर्दा पनि उनको हाउभाउ र बोली बचन शंकास्पद रहेको थियो । त्यसैले केही समय यता उनलाई आश्रममा निषेध गरिएको आश्रम ब्यवस्थापनले जनाएको छ ।

    गुरुको आश्रममा बर्षौ देखी बसिरहेका साधक साधिकाहरु भन्छन उनको आनीबानी , बोलीबचन तथा उदेश्य माथी हामीलाई पहिल्यै देखी शंका थियो । ति महिला निकै महत्वकाक्षी समेत रहेको उनीहरुको दाबी छ । एक बर्ष भित्र घर गाडी जोडछु भन्दै उनी हिडने गरेको ति साधक साधिका बताउछन ।
    चतरास्थित गरुको आश्रममा बिभिन्न उमेर समुहका दर्जनौ ब्यक्तीहरु सधै बस्ने गर्दछन । महिलाहरुको संख्या त अझै धेरै छ । कती अबिवाहित पनि छन । तर दुई बच्चाकी आमा ति महिलाले यस्तो तल्लो स्तरको लान्छना लगाएर उजुरी दिएपछी आश्रममा बसेका साधक साधिकाहरु अचम्ममा परेका छन । आफुहरुले सपनामा समेत सोच्न नसक्ने घृणीत आरोप लगाएपछी अहिले आश्रमका बिषेशत महिलाहरु एकजुट भएर झुटको भन्डााफोर गर्न लागीरहेका छन ।
    ति महिलाले सधै गुरु संग एकान्तमा भेट गराईदिनुस भन्दै सहयोगीहरु संग माग गर्दै आएको समेत बुझीएको छ । तर त्यस्तो अवसर नमिलेपछी उनी त्यस्कै रिस पोख्न थालेको उनलाई नजिकबाट चिन्नेहरु दाबी गर्दछन ।

    गुरुको सुरक्षाको लागी सरकारले नै धेरै बर्ष पहिले लेखी हवल्दार पदका एक सुरक्षाकर्मी दिएको छ । ति सुरक्षाकर्मी संगै गुरुका अन्य सहयोगीहरु पनि हरक्षण गुरुसंगै रहन्छन । राती सुत्दा समेत गुरु एक्लै सुत्दैनन , गुरुको सहयोगी पनि एउटै कोठामा सुत्छन । वास्तवमा जगत कल्याणको लागी सधै लागी परिरहेका गुुरुको आफनो ब्यक्तीगत जिवननै छैन , गुरुको साथमा कम्तीमा ५ जना जती सहयोगीहरु सधै संगै रहन्छन । त्यसैले ति महिलाको आरोप सरासर गतल र गुरुको चरित्र हत्या गर्ने उदेश्यले आएको कुराममा दुईमत नरहेको गुरुलाई नजिकबाट चिनेकाहरु बिश्लेषण गर्दछन ।
    वास्तबिक नाम कृष्णबहादुर गिरी रहेका सिद्धबाबा मुटुमा समस्या आएपछी अहिले बिराटनगरस्थित बिराट नर्सिङ होममा उपचार गराईरहेका छन ।