शुक्रबार र शनिबार उपत्यकाबाहिर जान खुल्ला ,मुख्यमन्त्रीले गरे बिरोध

NepalOm ५ वर्ष अघि

  • काठमाडौं । सरकारले शुक्रबार र शनिबार दुई दिन उपत्यकाबाहिर जाने चाहाने सर्वसाधारणलाई जान दिने निर्णय गरेको छ।
    बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले काठमाडौंमा बसेर अध्ययनअध्यापन, विभिन्न पेशा व्यवस्था गर्दै आएका सर्वसाधरणलाई सम्बन्धित जिल्ला जान दिने निर्णय गरेको हो।

    लकडाउन भएपनि काठमाडौंमा थुनिएका सर्वसाधरणलाई सुरक्षा व्यवस्था गरी सम्बन्धित जिल्ला पुगेपछि सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने भएका छन्।

    सबै यात्रुको लगत संकलन गरी बाहिर पठाउने व्यवस्था गर्न लागिएको छ। को कहाँ जाने हो त्यसको सबै तथ्यांक लिएपछि सम्बन्धित स्थानीय तहमा पठाइने छ। धेरै मानिस रातीराती भागेर उपत्यका छोड्नेको लर्को लागेपछि सरकार यस्तो निर्णय गर्न बाध्य भएको हो।

    यसरी, उपत्यकाबाहिर जाने सर्वसाधरणलाई निजी वा सार्वजनिक गाडीको व्यवस्था गरी आफैं जान दिने निर्णय गरेको हो। आजको बैठकमा रक्षामन्त्रीसहित गृहमन्त्री, स्थायीय विकास मन्त्री, कृषिमन्त्री र पर्यटनमन्त्री मात्रै सहभागी थिए ।


    यसैबिच प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको यस्तो निर्णयको विरोध गरेका छन्।

    काठमाडौं उपत्यकामा बसोबास गर्ने सार्वसाधरणलाई आ–आफ्नो जिल्ला जान दिने निर्णयको उनले विरोध गरेका हुन्। निर्णयको विरोध गर्दै उनले रुपमा फेसबुकमा लेखेका छन काठमाडौंबाट बाहिर जान दिन तर बाहिरबाट काठमाडौं प्रवेश गर्न नदिने निर्णय सत्य होइन होला ,लकडाउनको अर्थ लकडाउन नै भएकाले उक्त निर्णय सही नरहेको जनाएका छन्।