नारायण गोपाललाई नेपाली सङ्गीतिक क्षेत्रमा स्वर सम्राटको रूपमा चिन्ने गरिन्छ । उनी विशिष्ट प्रतिभाका धनी थिए । उनी एक सफल र ख्याति प्राप्त आधुनिक गायक पनि थिए । उनी नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन्, जसले गायनलाई पेसाको रूपमा अँगालेका थिए ।
काठमाडौँ किलागलमा विसं १९९६ असोज १८ जन्मिएका थिए । उनको पूरा नाम नारायण गोपाल गुरुवाचार्य हो । १ सय ३६ वटा नेपाली गीत गाएका उनका सबै गीत श्रोताको मनमस्तिष्क बस्न सफल छन् । उनका गीत चलचित्र तथा नाटकहरूमा समेत प्रयोग गरिएका छन् ।
विसं २०२७ साल फागुनमा पेमालाका साथ वैवाहिक जीवनमा बाँधिएका उनका गीत श्रद्धाञ्जलि भाग १ देखि ४, स्वर्णिम सन्ध्या भाग १ र २, प्रियसीका यादहरू, प्रेमको माला, मान्छेको माया, मलाई नसोध, लालीगुराँस भएछु, अल्झे छ क्यारे पछ्यौरी लगायत करिब २ दर्जन सार्वजनिक भएका छन् ।
रेडियो नेपालबाट सर्वोत्तम सङ्गीतकार, सर्वोत्तम गायक पुरस्कार समेत पाएका उनले रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु ९चौथो०, इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार लगायत थुप्रै प्रसिद्ध पुरस्कार समेत पाएका थिए ।
खाना बनाउने, चेस खेल्ने, चङ्गा उडाउने, फुटबल म्याच लगायतका सौखिन उनी एक समय सांस्कृतिक संस्थानका महाप्रबन्धक र सञ्चार मन्त्रालयमा सल्लाहकार समेत भएका थिए ।
रोमान्टिक, प्रेम, वियोग र विरहका गीत गाउने उनका बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानी, यो सम्झने मन छलगायत
थुप्रै गीत अहिले पनि उत्तिकै सुनिनेमा पर्छन् ।
नारायण गोपालको निधनले नेपाली गीतसङ्गीतको क्षेत्रमा अपूरणीर्य क्षति पुगेको छ । नारायण गोपाल जस्तो गीतसङ्गीत र स्वरमा विशिष्ट प्रतिभा भएको व्यक्ति सायदै देशले पाउला ।