omnepalnews.com
११ डिसेम्बर ओशोको जन्मदिन हो । १९३१ को डिसेम्बर ११ मा भारतमा उहाँको जन्म भएको थियो । शुरुमा आचार्य रजनीश को नामबाट पनि परिचित उहाँ १९६० देखि ७०, ८० को दशकसम्म भगवान श्री रजनीश, र १९८९ देखि ओशोको नामले प्रख्यात हुनुभयो। ओशोलाई एक रहस्यवादी आध्यात्मिक गुरुको रुपमा धेरैले ब्याख्या गरेका छन । आज पनि ओशोका लाखौ अनुयायीहरु बिश्वभर छरिएर रहेका छन ।
राजनीतिज्ञहरू र राजनीतिक विचार र संस्थागत धर्म बारेमा गरेको खरो आलोचनाले ओशोलाई विवादित बनायो। र कालान्तरमा यही विवाद नयाँ धार्मिक आध्यात्मिक आन्दोलनको लागि चर्चित बन्यो ।
सन १९५३ मार्च २१ का दिन ,२१ वर्षको उमेरमा जवलपुरमा ओशोलाई अध्यात्मिक दिब्यज्ञान प्राप्त भएको थियो । ओशोले भारतका प्रायजसो सबै शहरमा प्रवचन दिनुभएको छ । जिवन रुपान्तरण्का लागी पुरातन मान्यताहरु तोड्दै नयाँ दृष्टीकोण उहाँले दिदै जादा दिन प्रतिदिन उहाँका प्रशंसकहरु बढीरहेका थिए । उहाँले सन्यासको नयाँ अवधारणा बनाउदै नव सन्सास शुरु गर्नुभयो । अहिले बिश्वभर उहाँका लाखौं सन्यासीहरु सकृय छन् ।
खुशी र सुखी हुनका लागि ओशोले दिनुभएका केही चर्चित अभिव्यक्ती
१. माया प्रशंशा हो
यदी तपाईं फुल मन पराउनुहुन्छ भने नटिप्नुस् किनकी यसलाई टिप्दा यो मर्छ र तपाईंको माया समाप्त हुन्छ । त्यसैले यदी फुल मन पराउनुहुन्छ भने यसलाई जस्ताको त्यस्तै छाडिदिनुस् । प्रेम आक्रामकता होइन, यो प्रशंशा हो ।
२. प्रेमले पखेटा दिइरहेको हुन्छ, बन्धन होइन
यदी हामीले हाम्रो प्रिय व्यक्तिलाई सिमित गर्न चाह्यौँ भने वा परिवर्तन हुनका लागि माग ग¥यौँ भने हामी त्यो व्यक्ति रहँदैनौँ जसले प्रेम गर्छ । त्यसैले अरुलाई सम्मान गर्नु र उनीहरु जस्तो छन्, त्यस्तै रहन दिनु महत्त्वपूर्ण छ ।
३. पाको हुनुले मौलिकता स्वीकारिरहेको हुन्छ
तपाईं जस्तो व्यक्ति हुनुहुन्छ, त्यही रहनुस् । अर्को बन्ने प्रयास नगर्नुस् र तपाईं पाको बन्नुहुनेछ । पाकोको हुुनुले मौलिक हुने कुरालाई स्वीकारेको हुन्छ, मूल्य जेसुकै होस् ।
४. सधैँ खुसी रहनुस्
आफैमा मस्त रहनुस् । यदी काममा तपाईं खुसी हुनुुहुन्न भने परिवर्तन गर्नुस् । ढिलाइ नगर्नुस् ।
५. तपाईं पृथक हुनुहुन्छ
कोही पनि उच्च छैन, कोही पनि निच छैन । तर, कोही समान पनि छैनन् । मानिसहरु सामान्य र पृथक नै छन्, अतुलनीय छन् । तपाईं तपाईं हुनुहुन्छ, म म नै हुँ । मैले मेरो जीवनमा मेरो सम्भावनाको योगदान गर्नुपर्छ, तपाईंले तपाईंको सम्भावनाको योगदान गर्नुपर्छ । मैले आफैलाई खोज्नुपर्छ, तपाईंले तपाईं आफैलाई खोज्नुपर्छ ।
६ .डर बिना बाँच्नुस्
डर सकिएपछि जीवन सुरु हुन्छ । डरले सीमित बनाइदिन्छ, बन्धनमा पार्छ र सानो बनाइदिन्छ । यसले हाम्रो जीवन चोरेर लैजान्छ । हामी जे कुरामा डराएका छौँ, त्यसलाई बहादुर भएर सामना गर्नुपर्छ ।
७.आफैभित्र रमाउनुस्
यदी तपाईं आफैं आफुसँग रमाउन सक्नुहुन्न भने को तपाईंसँग रमाउन सक्ला रु त्यसैले आफैलाई माया गर्नुस् ।