
nepalom.com
बिहीबार । पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार अहिले धुलाबारीमा छन । पत्नी कोमल राज्यलक्ष्मी शाहको ७१ औँ जन्मदिन मनाउन प्रर्वराज परिवार धुलाबारीमा रहेका हुन । उनीहरु मेचीनगरको फाइभ स्टार होटल मेची क्राउनमा बसेका छन्।
दमकबाट निजी गाडी चढेर पूर्व राजा ज्ञानेन्द्र शाहसहित कोमल, बुहारी हिमानी तथा नातिनीहरु पूर्णिका र कीर्तिका शाहसँगै छन् । पूर्व युवराज पारस शाह भने सहभागी छैनन् ।
राजपरिवार यहाँ तीन दिनसम्म बस्ने होटल स्रोतले जनाएको छ ।
पूर्व रानीको जन्मोत्सव भव्यरुपमा मनाउन होटल मेची क्राउनमा कोठा बुक गरिएको छ । उनीहरु होटलको भिल्लामा बसेका छन् ।
व्यक्तिगत पारिवारिक जमघटको रुपमा उत्सवलाई लिइएको पनि जनाइएको छ । ‘पूर्व रानीको जन्मोत्सव परेको छ,’ स्रोतले भन्यो, ‘त्यही भएर राजपरिवार होटल मेची क्राउन आएर बस्नु भएको हो ।’ पूर्व राजाको सपरिवारको सुरक्षामा होटल परिसरमा निजी सुरक्षाकर्मी खटिएका छन् ।
यसैबिच पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको ७१ औँ जन्मोत्सव भव्यताका साथ मनाउनका लागि शुभजन्मोत्सव समिति गठन भएको छ । वरिष्ठ समाजसेवी नारायणदेवी प्रधानकोे अध्यक्षतामा गठित उक्त समितिमा ३५ सय सदस्यहरू रहेका छन् ।
जन्मोत्सव आयोजक समितिका सह अध्यक्षमा राजी राणा, गीता क्षेत्री राणा, इन्दिरा मल्ल, किशोरी महतो, डा मञ्जुरत्न शाक्य, ज्योत्सना राज्यलक्ष्मी थापा, इन्द्रबहादुर ठकुरीलगायत छन् भने महासचिवमा राधेश्याम थापा छन् ।
समाचार स्राेत -janasamsad