सर्वदलीय बैठकमा आलोचना र घोचपेज,ओलीले खोजे साथ

NepalOm ४ वर्ष अघि
  • nepalom.com

    काठमाडौं । प्रधानमन्त्रीको आब्हानमा बसेको सर्वदलीय बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने गर्ने दलहरुको साथ खोजेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अनैतिक खाले भएको भन्दै उनको आलोचना गरेको बैठकमा सहभागी एक सहभागीले बताए ।

    सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलसँग सुझाव मागेको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिएका छन् ।