अविश्वासको प्रस्ताव दर्ता गर्न कांग्रेस किन डरायो?

Nepal Om ४ वर्ष अघि

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस किन अलमलको स्थितिमा रहिरहेको छ भन्ने कुरा सोही पार्टीका नेताहरु बुझ्न सकिरहेका छैनन् ।
    प्रधानमन्त्री केपी शर्मा ओली सक्छौ भने मलाई हटाएर देखाउ भनेर खुलमखुला चुनौती दिइरहँदा पनि कांग्रेस नतातिनु भनेको उसको ठूलो कमजोरी हो । कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगरी ओली सरकारलाई किन अप्रत्यक्ष रूपमा साथ दिइरहेको छ?
    सर्वाेच्चको फैसला पछि अल्पमतमा परेको ओली सरकार ढल्नु पर्नेमा दलहरुको बेमेलका कारण झन् बलियो हुँदै गएको छ। दलहरुबीच कुरा मिल्ने स्थिति नदेखेर नै प्रधानमन्त्रीले चुनौती दिएको होलान् भन्ने प्रष्टसँग बुझन सकिन्छ । कांग्रेस यसैपनि मुख्य प्रतिपक्षमा छ र अविश्वास प्रस्ताव फेल भए पनि उही प्रतिपक्षकै बेञ्चमै बस्ने हो ।
    त्यो भन्दा तल जाने होइन । यो अवस्था हुँदा पनि किन काँग्रेसले माओवादी केन्द्रसँग मिलेर ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने हिम्मत देखाएको छैन । यसमा विशेष गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई के कुराले रोकिरहेको छ अथवा डरलागिरहेको छ ? होइन भने यतिका दिनसम्म किन अविश्वासको प्रस्ताव पेस नभएको ? कांग्रेसकै थुप्रै नेताहरु अविश्वासको प्रस्ताव ल्याउन ढिलो गर्नु हुँदैन भनिरहेका छन् ।
    कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउनु ठूलो रहस्य बनेको छ। माओवादीले सरकार बनाउन साथ दिन्छौ भन्दा पनि कांग्रेस सभापति देउवा अघि नबढ्नुमा सबैले आश्चर्य मानेका छन् । संवैधानिक निकायमा गरिने नियुक्तिमा ओलीले देउवाका मान्छेलाई नियुक्ति गर्ने आश्वासन दिएकाले पनि उनी अगाडि नबढेको हुनसक्ने कतिपयको अनुमानछ । त्यसो त सत्ता टिकाउन उनले जसपालाई पनि सबै माग पूरा गरिदिन्छु भनिरहेका छन् । यो ओलीको
    अविश्वासको प्रस्ताव दर्ता गर्न संसदको एक चौंथाई सभासदको हस्ताक्षर चाहिन्छ। माओवादीको साथले त्यो संख्या सहजै पुग्छ ।
    माधव नेपाल समूहले पनि भित्रभित्रै फ्लोर क्रसबाट सरकार बनाउन साथ दिन्छौ भनिरहेका छन् । जब प्रस्ताव निणयार्थ पेस हुन्छ । त्यो बेलामा जसपाको एक पक्षको साथ र नेपाल समूहले फ्लोर क्रस गरे ओली सरकार सोही दिन ढल्छ ।
    बनिरहेको यो वातारणमा कांग्रेस अगुवाई गर्न अब कांग्रेसले ढिलाई गर्नु हुँदैन ।अहिलेको यो घडीमा कांग्रेसले खेलेको भूमिकाको जनताले मूल्याङन गरिरहेका छन् । जनताको भावनाको कदर गर्न र देशलाई तानाशाही ढंगले अगाडि बढ्न नदिन पनि कांग्रेस अब अगाडि सर्नैपर्छ ।