जय सनातन धर्म, जय हिन्दुराष्ट्र नेपाल – रामानन्द जोशी शास्त्री

NepalOm ३ वर्ष अघि
  • nepalom.com

    देविय तपोभूमिको रुपमा संसारसामु परिचित छ, हाम्रो देस नेपाल । वैदिक सनातन हिन्दु धर्मको बाहुल्यता र विश्वास रहेको हाम्रो राष्ट्र संसारकै ज्ञानको भण्डार भएको सत्यतालाई नकार्न सकिन्न । सनातन धर्म राष्ट्रको धर्म एवं विश्व्को धर्म हो । नेपालकै गण्डकीको दमौलिमा जन्मिएका व्यास र दमौलिमा लेखिएको वेद संसारको पहिलो धर्म ग्रन्थ हो, भने सर्वप्रथम प्रकाशित धर्म ग्रन्थ पनि हो । आर्यावर्तको शिरोभाग हिमवतखण्ड नेपाललाई कहिलेदेखि हिन्दुराष्ट्र र नेपालीहरुलाई कहिलेदेखि हिन्दु भनियो त्यसको लेखा जोखा गर्न सकिँदैन । सृष्टिको उषाकालदेखि नै सनातन धर्म विश्वमा प्रचलनमा रहेको छ । जव नेपालमा वेद लेखियो मत्यगन्धाले वेद र व्यासलाई विश्वमा पु¥यानुभयो । तर तत्कालिन शासक र प्रशासकहरुले अनेक प्रथा र परम्परा थप घट गर्दै गए, वेदादी शास्त्रमा पनि थपघट गरियो । अनि विस्तारै धर्म सम्प्रदायको जन्म भयो ।

    ॐकार परिवार भित्र पनि थुप्रै धर्म र सम्प्रदायहरु जन्मिदै गए । तर जे भएपनि मानविय मुक्तिको एउटै हो भगवानको शरण, जुन नेपालबाटै सुरु भएको मानिन्छ । अनि वैदिक सनातन धर्मबाटै सुरु भएको मानिन्छ । राज्यले सनातन धर्मको रक्षा र संरक्षण गर्न सकेन भने धर्म सम्प्रदायहरुले सनातन धर्मलाई मास्नेछन । हिन्दुराष्ट नेपालको परिचय हो भने गाई सनातन धर्मको अंग हो । यहि विषयलाई आत्ममनन गर्दै नयाँ संविधान निर्माताहरुले धर्म निरपेक्षताको खारेजी र धर्म परिवर्तनमा कडाई गर्ने कार्यमा गम्भिर रुपमा सनातन धर्मको रक्षा गर्न सकेनन र संविधानमा धर्म निरपेक्ष लेखियो भने एक दशकमै सनातन धर्मलाई अरु धर्म सम्प्रदायहरुले घुलिशान पार्नेछन र नेपालको आफ्नो अस्थित्व हराउँदै जानेछ । जसकारण आफ्नो वैदिक सनातन धर्मको संरक्षणको लागि हामी आम ॐकार परिवारहरु एकजुट भई लाग्नु आजको टड्कारो आवाश्यकता हो । नेपालाई हिन्दु राष्ट्र नै बनाउनु पर्छ, यसमा नै हामी नेपालीहरुको अस्थित्व र पहिचान लुकेको छ भन्दै हिंजोआज देशभरका ॐकार परिवारहरु, विभिन्न धार्मिक संघ संस्थाहरु, आफ्नो धर्मलाई मायाँ गर्ने धार्मिक एवं सामाजिक व्यक्तित्वहरु एकजुट हुन थालेका छन् ।

    नेपालमा लेखिएको नयाँ संविधानमा हिन्दुराष्ट्र नेपाल हुनुपर्छ भन्ने माग आम नेपालीहरुमा पाईन्छ । करिव ८१ प्रतिशत हिन्दु धर्मावलम्बीहरु र ९४ प्रतिशत ॐकार परिवारहरुको सिंगो जमात रहेको यहाँ बहुमतको आधारमा पनि हामीले नेपाललाई हिन्दुराष्ट्रको रुपमा संसारसामु चिनाउनु हामी नेपालीहरुको कर्तव्य हो । धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलहरु लगायत यहाँको भौगोलिक बनोटले गर्दा पनि नेपाललाई अन्य मुलुकहरु भन्दा पृथक मान्न सकिन्छ । गहिरिएर नियाल्ने हो भने यहाँ मानव बस्तिहरु भन्दा बढी मठ मन्दिरहरु र मानवहरुभन्दा बढी भगवानका दिव्य स्वरुपहरु यहाँ अलौकिक शक्ति सहित विराजमान रहेका छन् । यस्तो दिव्य देवभूमिमा जन्मन पाउनु हामी नेपालीहरुको अहोभाग्य हो । साँच्चै नै सनातन धर्म सकियो वा कमजोर भयो भने धर्मयुद्ध र द्वन्द्वलाई कसैले रोक्न सक्दैन । मृगको रुपमा रहेको सनातन धर्म, बाघ र भालुरुपी धर्म सम्प्रदायहरुबाट खतरामा पर्दै गएको छ ।

    सदन, संविधान, सभा र सरकारले गम्भिर भएर सनातन धर्म र हिन्दु राष्ट्रको संरक्षण नगर्ने हो भने विश्वको सर्वोच्व शिखर सगरमाथा, विश्वका हिन्दुहरुका आराध्यदेव पशुपतिनाथ, विश्वको एकमात्र शिला शालग्राम पाईने कालीगण्डकी, मुक्ति क्षेत्र, केदारनाथको शिरोभाग डोलेश्वर महादेव केदारनाथ धाम, जनकपुर धाम, लगायत यस्था अनगिन्ति हाम्रा परिचयहरु विस्तारै हराउँदै जानेछन्, अर्थात यसको अस्थित्वलाई बचाउन सकिन्न ।

    अधिकांश आयातित धर्म सम्प्रदायहरु धर्म निरपेक्षताको नाममा सनातन धर्म र राज्यसँग अंशवण्डा खोजिरहेका छन् । आँखिर किन त ? धर्मका नाममा राजनिति हुँदैछ । सोचनिय विषय यो छ । सनातन धर्म र लोकतन्त्र बचोस भन्ने हिँजोआज सबैको कामना छ । सनातन धर्म संस्कृति र सम्पदाले भरिएको नेपाल विश्व सम्पदा र अनुसन्धानको केन्द्र हो । यसको महिमा र महत्वलाई हामी सबैले एकपटक गहिरिएर सोचौं, मनन गरौं । धर्म र सतकर्मले सबैलाई एकजुट बनाउँछ, यसैमा सबैको भाव जागृत होस । ॐकारमय कामना गर्दै देस र जनता अनुरुपको उचित निर्णय गर्न साँँसद, संविधान, सभा र सरकार प्रमुख एवं सर्ब सम्बन्धित पक्षहरुसँग ॐकार ध्वनि अनुरोध गर्दछ । आउनुहोस अव सबै जुटौं राष्ट्र, राष्ट्रियता र हाम्रो संस्कार, संस्कृति, परम्परा र ईतिहासलाई जोगाई यिनको महत्वलाई हृदयगम् गरि सबैले आफ्नो तन, मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई राष्ट्र उन्नतिमा लागि परौं । यहि नै हामी नेपालीहरुको गौरव हो, ईज्यत हो, शान हो । जय ॐकार । जय सनातन धर्म, जय हिन्दुराष्ट्र नेपाल ।
    विश्वको मानचित्रमा नेपालको नक्सा सानो छ तर जैविक बिविधता, प्राकृतिक छटाहरुले सजियर पूर्व–मेचि देखि पश्चिम–महाकाली,हिमाल देखि तराईसम्म बसोबास गर्ने मानिसहरुका कला, धर्म, संस्कार,संस्कृति र परम्पराहरुमा सजियको नेपाल र नेपालीको महिमा बिश्वमै अलग, उच्च र विशाल छ ।